इटहरी : जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाउँदा इटहरी उपमहानगरपालिका कार्यालय अगाडि एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन।
घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलका अनुसार युवकलाई तत्काल अस्पतालतर्फ लगिएको थियो । भुजेलले घटनास्थलमा देखेका क्षतिबारे भने, “आँखै अघि श्वास गयो, शरीरबाट धेरै रगत बगेको थियो”, उनले भने ।
सडक प्रदर्शनको क्रममा मात्र होइन, प्रदर्शनकारीहरूले उपमहानगर कार्यालयमा आगजनी समेत गरेका छन्।
सुनसरी प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।














Discussion about this post