इटहरीमा ९ बर्षीया बालिकासहित थप तीनजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक घनश्याम सिक्देलका अनुसार हिजो बेलुका दुईजना र आज १ जना सहित इटहरीमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
इटहरी २ की ९ बर्षीया बालिका, इटहरी १७ का २९ बर्षीय पुरुष र इटहरी ९ का अन्दाजी २९ बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको सिक्देलले टाकुरालाई जानकारी दिए ।
यो सँगै इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय १५ पुगेको छ ।














Discussion about this post