सुनसरीमा २८ जना सहित प्रदेश १ मा आज थप ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
आज थपिनेहरूमा मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, सङ्खुवासभामा ६, धनकुटा र तेह्रथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा आज ३३ जनामा सङ्क्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै, मोरङको सुन्दरहरैँचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा सङ्क्रमण देखिएको छ ।
सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिला, झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, बिर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुष, सङ्खुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, तेह्रथुमको म्याङ्लुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ६८० पुगेको छ ।
त्यस्तै, डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ७ सय ४७ पुगेको छ ।














Discussion about this post