धरास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने दुवै प्रदेश नं २ को सप्तरी जिल्लाका हुन् । दुवै जना पुरुष रहेको प्रबक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार एक जना राजविराज ७ का ५५ बर्षीय पुरुष रहेका छन् । उनको भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि ८ गते कोभिड अस्पतलमा भर्ना गरिएको थियो ।
त्यस्तै, अर्का राजविराज ७ कै ५० बर्षीय पुरुषको मृत्यु भएको छ ।
राजविराज अस्पतालबाट रिफर भएर आएका उनलाई आजै १ बजेर २० मिनेटमा प्रतिष्ठानको इर्मजेन्सीमा भर्ना गरिएको थियो ।














Discussion about this post