इटहरी उपमहानगरपालिकामा थप ८ जनामा कोरोना भाइरस संक्तमणको पुष्टि भएको छ ।
भाद्र १५ गते गरिएको स्वाब परीक्षमध्ये थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
संक्रमण पुष्टि भएकामध्ये इटहरी १२ का १ जना, ४१ बर्षीय पुरुष, ईलाका प्रहरी कार्यालय इटहरीका इटहरीका १ जना २९ बर्षीय पुरुष, शशस्त्र प्रहरी बल पकली का ६ जना २७, ३०, ३१, ३३, ३५ र ३६ बर्षीय पुरुष रहेका छन् ।
यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ ।














Discussion about this post