तरहरा : विहान सबेरै हातमा झोला बोकेर इटहरी २० तरहरा चौकमा देखिन्छन् केही हुल मान्छेहरु । यो दृश्य ५ दिन अगाडिदेखिको हो ।
पछिल्लो समय लकडाउनका कारण मजदूरी गर्न नपाएकाहरुलाई अहिले तरहरा जेसीजले खाद्यान्न सहयोग गर्दै आएपछि स्थानीय मानिस प्रफुल्लित छन् ।
तरहरा जेसीजका अध्यक्ष सुनिल तिम्सिनाका अनुसार एक हप्ता अगाडिदेखि तरहरामा फुड बैँक सञ्चालन गरिएको छ । हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ भन्ने उदेश्यले सञ्चालन गरिएको फुड बैँक प्रभावकारी बन्दै गएको छ ।
अहिलेसम्म तरहरा क्षेत्रका विभिन्न ठाउँका ४ सय बढी लाभान्वित भएका छन् ।
‘शुक्रबार इटहरी २ मा समेत हामीले खाद्यान्न वितरण गरेका छौँ,’ तिम्सिनाले भने, ‘खाद्यान्नअन्र्तगत चामल, दाल, नुन, तेल, न्यूटला लगायतका सामाग्री वितरण गरिदैँ आएको छ ।’

अहिलेसम्म ४ सय बढीले खाद्यान्न पाएको उनले बताए ।
दैनिक रुपमा तरहरा चौकमा खाद्यान्न दिन आउने र लिन आउनेको संख्या बृद्धि हुँदै गएको तिम्सिना बताउँछन् ।
उनका अनुसार अहिले तरहरा जेसीजले भोको पेट बसेकाहरुको सहारा बन्दै आएको छ ।
यसअघि पनि जेसीजले पहिलो चरणको लकडाउनमा तरहराका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।














Discussion about this post