गएको २४ घण्टामा प्रदेश १ मा सबैभन्दा अहिलेसम्मकै धेरै सङ्ख्या १ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार सङ्क्रमण देखिनेहरुमा मोरङमा ७० जना, सुनसरीमा ३४ जना, झापामा २८ जना, ओखलढुङ्गामा ४ जना, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ जना र प्रदेश १ भन्दा बाहिरका ५ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरि विराटनगरमा ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण देखिएकामा २५ महिला र ३५ जना पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला र ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरि सुनसरीको दुहवीमा ७ महिला र ६ पुरुष, इटहरीमा १ महिला र ९ पुरुष, धरानमा १ महिला र २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला र १ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकाका १ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार झापाको कन्काईका ३ महिला र ८ पुरुष, दमकका ३ महिला र २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ जना पुरुषमा कोरोना देखिएको छ ।
यसैगरि ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ भन्दा बाहिरका १ महिला ४ पुरुषमा रिपोर्ट पोजेटिभ आएको छ । योवृद्धिसँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेको कुल संख्या ३ हजार ८२५ पुगेको छ ।














Discussion about this post