Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विदेशबाट फर्केर कृषि गरिरहेका युवक भन्छन्, “निरन्तर कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ”

रासस by रासस
अशोज ७, २०८२
in विविध, समाचार
0
विदेशबाट फर्केर कृषि गरिरहेका युवक भन्छन्, “निरन्तर कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ”
63
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : वर्षौँदेखि विदेशमा श्रम गरेर पनि सोचेजस्तो कमाइ र सन्तुष्टि नपाएका युवाहरू अहिले आफ्नै गाउँ फर्केर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनबाट राम्रो आम्दानी गर्न थालेका छन्।

विदेशको भोगाइ र अनुभवलाई प्रयोग गरेर उनीहरूले आफ्नो व्यवसायबाट मनग्य लाभ लिइरहेका छन्।

टेम्केमैयुङ गाउँपालिका-१, तिम्माका प्रेमबहादुर बस्नेत यसको एक उदाहरण हुन्। लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि राम्रो आम्दानी नभएपछि उनी गाउँ फर्केर व्यवसायमा लागेका हुन्।

अहिले गाउँमै बाख्रापालन र जडीबुटी खेतीबाट राम्रो कमाइ भइरहेको उनी बताउँछन्। परिवारसँगै बसेर गरेको उद्यमबाट घर खर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ।

“विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन,” बस्नेत भन्छन्, “अहिले आफ्नै गाउँमा बसेर बाख्रापालन र जडीबुटी खेती गरिरहेको छु। गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ। मेहनत गरे यहीँ राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभव भयो।”

विदेश जान चाहनेहरूका लागि गाउँमै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उनी बताउँछन्।

व्यवसायमा निरन्तरता दिन सके क्रमिक रूपमा लाभ लिन सकिने उनको अनुभव छ।

“हामी छोटो समयमा धेरै लाभ लिने सोच्छौँ,” उनी भन्छन्, “तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य गर्नुपर्छ। निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ।”

उद्यममा लाग्न चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्ने उनको अनुभव छ। कुनै पनि व्यवसाय गर्न न्यूनतम सीप आवश्यक हुने उनी बताउँछन्। राज्यले किसानलाई उद्यममा जोड्नुअघि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित भइरहेका छन्।

तर, उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक प्राविधिक ज्ञान, तालिम तथा पशुचिकित्सकीय सेवाको अभाव झेलिरहेको गुनासो गर्ने गरेका छन्।

राज्यबाट दिइने सेवाहरू सरल र सहज भए गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ।

 

Tags: #कृषि#भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.