गएको २४ घण्टामा प्रदेश १ मा नया ५४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१ पुरुष र २३ महिलामा सङक्रमण पुष्टि भएको हो । त्यसमध्ये मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ भन्दा बाहिरका १ जनामा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनागरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला र ६पुरुष, धरानका ४ महिला र १ पुरुष, झापाको दमकका १ महिला र २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष तथा प्रदेश १ भन्दा बाहिरका १ महिलामा सङ्क्रमण पुष्टि भएको हो मन्त्रालयले जनाएको छ ।
आजका दिन सम्ममा प्रदेश १ मा कोरोना संक्रमितको हुनेहरुको कुल संख्या ३ हजार ८ सय ७९ पुगेको छ ।
।














Discussion about this post