Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

“व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो”

दीपक चन्द/रासस by दीपक चन्द/रासस
अशोज १५, २०८२
in समाचार
0
“व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो”
63
SHARES
Share on FacebookShare on Twitter

झापा : “व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो । त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो”, आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ती गाउँपालिका-१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भने।

श्रीमानको स्वरमा स्वर मिलाउँदै श्रीमती तारा तोलाङीले भनिन्, “त्यही सपना पछ्याउँदै जाँदा आज हामीले सानो लगानीबाट सुरु गरेको व्यापारलाई उद्योगकै रूपमा विकास गर्न सफल हुँदैछौँ ।”

मङ्ग्रान्ती दम्पतीले ‘आशिष सुज सेन्टर’ स्थापना गरेका थिए। करिब १५ वर्षअघि काठमाडौँस्थित शिखर सुजलगायत विभिन्न कम्पनीमा मजदुरी गर्दै जीविका चलाइरहेका कमल आफ्नै उद्यम गर्ने सपनासहित गाउँ फर्कने सोच बताइन्।

दिनभरि अर्काको काम गर्दा पनि परिवार धान्न गाह्रो भएपछि उनलाई आफ्नै व्यापार गर्नुपर्छ भन्ने लागेको थियो ।

त्यसैले विसं २०६९ तिर मङ्ग्रान्तीले जुत्ता तथा चप्पल बनाउने तालिम लिएको स्मरण गरे।

सीप प्राप्त गरेपछि उनले झापाको बुद्धशान्ति फर्केर परिवार र आफन्तसँग सानो ऋण जुटाइ घरकै एउटा कोठामा जुत्ता उत्पादन सुरु गरेका थिए।

“सुरुआतमा केही हजार लगानी गरेर घरकै सटरमा आफ्नै उत्पादन बिक्री थाले । प्रारम्भिक चरणमा गाउँघरमा हातले टाँसेका जुत्ता बेच्न कठिन भए पनि गुणस्तर र डिजाइनमा ध्यान दिन थालेपछि क्रमशः बजार बिस्तार हुँदै गयो”, मङ्ग्रान्तीले भने,“श्रीमतीलाई पनि जुत्ता बनाउने सीप सिकाए । उनले उद्योगको उत्पादनसँगै पसल व्यवस्थापनमा साथ दिएपछि निकै सहज भयो ।”

उद्योग स्थापनाको केही वर्षपछि ऋण उठाएर खरिद गरिएको पहिलो सिलाइ मेसिनले व्यवसायलाई नयाँ मोड दियो ।

हाल उनको उद्योगमा विद्यार्थीका लागि जुत्ता, कामकाजी महिलाका लागि सहज चप्पलदेखि युवाका लागि आकर्षक जुत्ता उत्पादन भइरहेको छ ।

“हाल पालिकाभर हाम्रो काम र पसलको चर्चा हुन्छ । उद्योगमार्फत दैनिक ३० देखि ४० जोडी विभिन्न आकार–प्रकारका जुत्ता तथा चप्पल उत्पादन गरिरहेका छौँ । चार जना स्थानीयलाई रोजगारीसमेत दिइरहेका छौँ”, मङ्ग्रान्तीले भने।

उनीहरूले आफ्नै पसलमार्फत बिक्री गर्नुका साथै मागअनुसार जिल्लाबाहिर पनि जुत्ता चप्पल आपूर्ति गर्दै आएका छन् । केही हजार लगानी गरेर हाल उनले आफ्नो व्यापार पुँजी करिब ४० लाख बनाएका छन् ।

उद्योगमा चार जनाले रोजगारी पाइरहेका छन् । हिजोका दिनमा अर्काको काम गर्दा जीविका चलाउनसमेत समस्या भोगेको यस परिवारले यही उद्योगको आम्दानीले निकै सहज भएको छ ।

“परिवारको जीवनस्तरमा सुधार हुनुका साथै सन्तानको शिक्षामा लगानी गर्न सहज भएको छ । लगानी बिस्तार गर्दै हाल करिब रु ४० लाखसम्मको पुँजी पुगाएका छौँ”, श्रीमती ताराले भने, “पहिले भाडाको घरमा बसेर महिनाको खर्च टार्न हम्मेहम्मे पथ्र्यो । अहिले आफ्नै घर छ, उद्योग छ र अरूलाई रोजगार दिन सक्ने अवस्थामा छौँ ।”

श्रीमान्–श्रीमतीबीचको सहकार्य नै सफलताको मूल मन्त्र भएको उनीहरूको बुझाइ छ । उनीहरूमध्ये कमलले उत्पादन व्यवस्थापनमा र ताराले डिजाइन र बिक्री–वितरणमा ध्यान दिइरहेका छन् ।

थोरै पुँजीबाट सुरु गरेको व्यवसायबाट सफलता हासिल भइरहे पनि विदेशी जुत्ता आपूर्तिका कारण केही समस्या भइरहेको मङ्ग्रान्तीले गुनासो गरे । सरकारले स्थानीय उद्योगलाई थप प्रोत्साहन दिए सहज हुने उनको भनाइ छ ।

“यदि सरकारको स्पष्ट सहयोग र कर छुट मिल्यो भने हामीजस्ता साना उद्यमीले अझ ठूलो योगदान दिन सक्छौँ”, मङ्ग्रान्तीले भने, “कर तिर्ने बेलामा विभिन्न निकायमा धाउनुपर्ने बाध्यताले समय र स्रोत दुवै खर्च हुने गरेको छ । एकीकृत प्रणाली भए त सहज हुन्थ्यो नि !”

मङ्ग्रान्ती दम्पतीको योजना उद्योगलाई थप बिस्तार गर्दै झापामै ठूलो ‘फुटवेयर हब’ बनाउने छ ।

जसले आफ्नो र स्थानीय युवालाई रोजागरी दिएर जीवनस्तर सुधार्ने सपना छ । त्यसका लागि योजना र केही रणनीति बनाएर काम गर्ने मङ्ग्रान्तीले बताए ।

Tags: #झापा#राससव्यापार
दीपक चन्द/रासस

दीपक चन्द/रासस

Related Posts

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?
FEATURE BREAKING

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

by दीपक चन्द/रासस
अशोज १, २०८३
0

इटहरी : यही भदौको २५ र २६ गते अर्थात् बिहीबार र शुक्रबार सुनसरीका विभिन्न स्थानबाट प्रहरीले फरक फरक मुद्दामा दोषी ठहर...

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय
समाचार

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

by दीपक चन्द/रासस
अशोज १, २०८३
0

चतरा । बृहत्तर वराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र...

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३
इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

अशोज १, २०८३
कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

अशोज १, २०८३
इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.