इटहरी : नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ ।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
आजको दिन आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गर्ने प्रचलन छ।
टीका ग्रहण गर्न आज बिहान ११ः५३ बजेको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ।












Discussion about this post