इटहरी : मेची राजमार्ग र मेची कोरिडोरमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ।
कोशी प्रदेशमा मनसुनी गतिविधि उच्च रूपमा सक्रिय भई भारी वर्षा भइरहेका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको हो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्म यो बन्द कायम रहनेछ।
इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको मेची राजमार्ग खण्ड र मेची कोरिडोरको केचना–कञ्चनजंघा सडकमा राति सवारी चलाउन पूर्ण रूपमा बन्द गरिएको छ।














Discussion about this post