इटहरी : अविरल वर्षाका कारण भत्किएको झापाको भालुखोलास्थित डाइभर्सन पुनः निर्माण भएपछि पूर्व–पश्चिम राजमार्गमा ३५ घण्टापछि यातायात पुनः सुचारु भएको छ।
शनिबारदेखि परेको लगातार वर्षाले भालुखोलामा बाढी आएपछि डाइभर्सन भत्किएको थियो।
त्यसपछि सवारीसाधनहरू वैकल्पिक भित्री सडकमार्ग हुँदै चलाइँदै आएका थिए। आइतबार बिहानैदेखि पुनःनिर्माण सुरु गरिएको डाइभर्सन सोमबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूले जानकारी दिए।
लिम्बूका अनुसार बिहानैदेखि दुईवटा जेसिबीसहित आवश्यक उपकरण परिचालन गरेर काम तीव्र बनाइएको थियो।
वर्षा घटेसँगै झापाको जनजीवन पनि क्रमशः सामान्य बन्दै गएको उनले बताए।













Discussion about this post