गएको २४ घण्टामा प्रदेश १ मा १ सय ४३ जना नया कोरोना भाइरस संक्रमित थपिएका छन् ।
थपिएका मध्ये सुनसरीमा ७८ मोरङमा २९ झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीमा ७८ मध्ये धरानमा ७१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । धरानमा बेलुका एकैपटक ६२ जना आर्मी क्याम्पमा संक्रमण देखिएको थियो ।
यसैगरि, इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला र १६ पुरुष रहेका छन् । यस्तै, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला र २ पुरुष, कमल गाउँपालिकामा ३ महिला र ७ पुरुष, मेचीनगरमा २ महिला र ४ पुरुष, अर्जुनधारा र स्थानीय तहको नाम नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरि संखुवासभाको खाँदबारीमा ३ , चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश भन्दा १ बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ । ।
प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । यो सगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८४३ पुगेको छ ।















Discussion about this post