काेराेना भाइरसकाे महामारीले दैनिक जनजीवन कष्टकर बनाएकाे परिस्थितिमा नि:शुल्क अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने भन्दै नेपाल विद्यार्थी संघ, महेन्द्र बहुमुखी क्याम्पस धरान इकाइ कमिटीले क्याम्पस प्रमुख दामाेदर भण्डारीकाे कार्यकक्षमा तालाबन्दी गरेकाे छ।
इकाइका सभापति विवेक लिम्बुद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा बन्दाबन्दीले गर्दा हातमुख जाेड्न समेत कठिनाई भएकाे परिस्थितिमा क्याम्पसले सेमेष्टर प्रणाली अन्तर्गतका कक्षाहरूमा ५० प्रतिशत शुल्क लिनु न्यायाेचित नभएकाे भन्दै तालाबन्दी गरिएकाे बताएका छन् ।
काेराेना कहरकाे यस्ताे परिस्थितिमा अनलाइन कक्षा उचित र महत्वपूर्ण रहेकाे तर शुल्क लिने कुरामा आँफूहरूक्प असहमती भएकाे भन्दै ध्यानाकर्षण गरेको उनले बताए ।
विषम् परिस्थितिमा शुल्क तिर्न लगाउने निर्णय तत्काल सच्याइ अनलाइन कक्षा सूचारू गरिनु पर्नेमा सभापति लिम्बुले जोड दिए ।














Discussion about this post