Sunday, October 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराट टिचिङमा नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा ठप्प, सयौँ बिरामी मर्कामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८२
in समाचार
0
विराट टिचिङमा नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा ठप्प, सयौँ बिरामी मर्कामा
72
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङको बूढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नर्सहरू तलब र सेवा–सुविधा वृद्धि माग गर्दै आन्दोलनमा उत्रिएपछि अस्पतालको नियमित सेवा ठप्प भएको छ ।

आकस्मिकसहितका अधिकांश सेवा प्रभावित हुँदा सयौँ बिरामी उपचार अधुरो छाडेर फर्किन बाध्य भएका छन् ।

आन्दोलन भएसँगै अस्पतालको नियमित सेवा अस्तव्यस्त बनेको छ । बिरामीहरू उपचार अधुरो छाडेर फर्किनुपर्ने स्थिति आएको छ ।

नर्सिङ स्टाफहरू शनिबारदेखि अस्पताल परिसरमै प्लेकार्डसहित उत्रिएका हुन् ।

‘न्याय देऊ नत्र सडकमै सेवा दिनेछौं’, ‘सेवामा शिर झुक्दैन’, ‘अन्यायमा घुँडा टेक्दैन’, ‘विदेश जान बाध्य नगर, हामीलाई नेपाल प्यारो छ’जस्ता नारासहित आन्दोलनरत छन् ।

उनीहरूले आफूहरूलाई सरकारले तोकेको न्यूनतम तलब–सुविधा नदिइएको, कार्यदबाब अत्यधिक बढाइएको र प्रशासनले गुनासो बेवास्ता गरेको गुनासो गरेका छन् ।

एक नर्सले भनिन्, ‘आईसीयूमा एक बिरामीका लागि एक नर्स चाहिन्छ । तर हामी एकैपटक तीन बिरामी सम्हालिरहेका छौं । यस्तो दबाबबीच पनि तलब समयमै आउँदैन । हामीलाई हेपिएको महसुस भइरहेको छ ।’

आन्दोलनका कारण अस्पतालको आकस्मिक (इमरजेन्सी)सेवासमेत प्रभावित भएको छ ।

नर्सिङ स्टाफले काम रोकेपछि अस्पतालले ‘डिस्चार्ज’ प्रक्रियासहित बिरामीलाई अन्यत्र पठाउन थालेको छ । भर्ना रोकिएपछि कतिपय बिरामीहरू उपचार अधुरो छाडेर घर फर्किन बाध्य भएका छन् ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले भने आफूहरूले कसैको श्रम शोषण नगरेको र अस्पतालको वित्तीय क्षमता अनुसारकै सेवा–सुविधा दिइरहेको दाबी गरे ।

उनले भने, ‘नर्सहरूले उठाएका मागहरूमध्ये धेरै नीतिगत तहमा पर्छन् । अस्पतालले आफ्नै निर्णयमा तलब बढाउन सक्दैन । सरकारले स्पष्ट नीति बनाए वार्ता गरेर समाधान गर्न हामी तयार छौं ।’

उनका अनुसार, नर्सहरूले काम नगरेपछि अस्पतालले नयाँ बिरामी भर्ना लिने काम रोकिएको छ । हाल उपचाररत करिब ४५० बिरामीको वैकल्पिक व्यवस्था खोज्नुपर्ने अवस्था आएको छ ।

Tags: आन्दोलननर्सविराट टिचिङविराट मेडिकल कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता
FEATURE BREAKING

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

by टाकुरा न्यूज । इटहरी
कार्तिक ८, २०८३
0

धनकुटा : सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा चालकसहित...

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

कार्तिक ८, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

कार्तिक ८, २०८३
ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.