इटहरी : इटहरी उपमहानगरपालिका–१३ खनारमा मादक पदार्थ सेवन गरी झडप भएको छ । झडपका कारण चारजना घाइते भई अस्पताल भर्ना भएका छन् ।
बुधवार साँझ करिब ५ः३० बजेतिर घरमै मदिरा सेवन गरी बसेका छिमेकीहरूबीच भनाभन हुँदै आपसमा कुटपिट भएको प्रहरीले जनाएको छ ।
घटनामा चारजना घाइते भई उपचारका लागि विराट मेडिकल कलेजमा पठाइएको छ ।
घाइते हुनेहरूमा ६५ वर्षीय पवन सरदार, ५५ वर्षीया सानीदेवी सरदार, २३ वर्षीय नितेश सरदार र २८ वर्षीय रितेश सरदार रहेका छन् ।
उनीहरूमध्ये पवन सरदार र नितेश सरदारको अवस्था सामान्य छ भने सानीदेवी र रितेश सरदारको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी चौकी खनारबाट प्रहरी नायव निरीक्षक प्रल्हाद बोगटीको कमाण्डमा टोली खटिएको थियो ।
घटनास्थल चौकीबाट करिब १.५ किलोमिटर पश्चिमतर्फ पर्छ । कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान र खोजतलास कार्य जारी रहेको प्रहरीले बताएको छ ।












Discussion about this post