मोरङ : मोरङ कारागारका कैदीबन्दी जीवन बिताइरहेका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैंचा–७ का ३२ वर्षीय जितप्रसाद सापकोटा रहेका छन् ।
उनी लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
सापकोटालाई असोज २७ गते अचानक शरीर सुन्निने र सास फेर्न गाह्रो भएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि कोशी अस्पतालले कार्तिक ६ गते उनलाई नोबेल अस्पताल रेफर गरेको थियो ।
चिकित्सकका अनुसार सापकोटाको फोक्सोमा पानी जमेको र कलेजो खराब भएको थियो । गत साउन १२ गतेदेखि उनी मोरङ कारागारमा थिए ।














Discussion about this post