संखुवासभा : संखुवासभामा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
चिचिला गाउँपालिका–५ माङमायामा मंगलबार साँझ घाँस काट्ने क्रममा रूखबाट लडेर ५२ वर्षीय गणेश गुरुङको मृत्यु भएको हो ।
घर नजिकैको जंगलमा रूखमा चढेर घाँस काट्ने क्रममा लडेर उनी करिब २० मिटर तल खसेका थिए ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।














Discussion about this post