इटहरी : ‘मोन्था’ चक्रवातको आंशिक असरले नेपालको पूर्वी र दक्षिणी भेगमा भारी वर्षा भएको छ ।
कोशी र मधेस प्रदेशका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टाको अवधिमा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै, सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
महाशाखाका अनुसार, ‘मोन्था’ चक्रवातको प्रणाली आज (शुक्रबार) कोशी र मधेश प्रदेशमा केन्द्रित रहनेछ।
महाशाखाले कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोधसमेत गरेको छ ।














Discussion about this post