इटहरी : नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत ५२ वर्षीय गोविन्द पोखरेलको आर्थिक अभावका कारण उपचारमा समस्या व्यहोरेपछि सहयोगको अपिल गरेका छन् ।
सामान्य ज्याला मजदुरी गर्दै आएका पोखरेल रूखबाट लडेर गम्भीर चोटपटक लागेर उपचारका लागि गत असोज २३ गतेदेखि आइसीयुमा भर्ना छन् । उनलाई हाल एचडियुमा लगेर थप गरिरहेका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० स्थायी घर भएका पोखरेलको पहिलो चरणको शल्यक्रिया गरे पनि दोस्रो चरणको शल्यक्रियका लागि रकम अभाव भएको उनकी श्रीमती भगवती पोखरेलले बताइन् ।
गोविन्दको कम्मरदेखि मुनिको भाग नचल्ने भएपछि थप शल्यक्रियाका लागि ठूलो रकम आवश्यक परेको उनको भनाइ छ ।
दैनिकी ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएका पोखरेल थलिएपछि उपचारका लागि सहयोग गर्न आह्वान गरिएको हो ।
हालसम्म पाँच लाख खर्च भइसकेको बताउँदै तत्काल शल्यक्रियाका लागि थप तीन लाख रकम जम्मा गर्नुपर्ने भएकोले आफन्त र सहयोगी मनहरूप्रति अपिल गरेको भगवतीले बताइन् ।
सहयोगको लागि बिरामीको श्रीमती भगवती पोखरेलको नबिल बैंक खता नं. 0910017502933 मा सहयोग गर्न सकिने जनाइएको छ ।














Discussion about this post