विराटनगर : विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट ९ जना बाल बिझ्याइँकर्ता फरार भएका छन् । ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी भागेका हुन् ।
सुधार गृहमा राखिएका ती बिझ्याइँकर्ताहरूले कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा फरार भएका थिए । भाग्ने क्रममा ड्युटीमा रहेका तीन जना सादा पोसाकका प्रहरी सामान्य घाइते भएका छन् ।
फरार भएकामध्ये दुई जना बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेका छन् भने बाँकी सात जनाको खोजी कार्य जारी रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार फरार हुनेहरू १८ वर्षभन्दा माथिका रहेका छन् ।
एसपी कटवालले सुधार गृहभित्र क्षमताभन्दा बढी बिझ्याइँकर्ता बस्ने गरेका कारण समस्या बढ्दै गएको बताए । उनका अनुसार सुरक्षाको दृष्टिले त्यहाँका प्रहरीहरू पोसाक र हतियारबिनै ड्युटी गर्नुपर्ने बाध्यता रहेको छ ।














Discussion about this post