इटहरी : जेनजी आन्दोलनका क्रममा आगलागीमा भवन क्षतिग्रस्त भएपछि ६२ दिनदेखि वैकल्पिक स्थानबाट सेवा प्रवाह गर्दै आएको इलाका प्रहरी कार्यालय इटहरी अब रंगशालाभित्र रहेको अस्थायी नयाँ कार्यालयबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ।
नयाँ अस्थायी कार्यालय पुरानो जलेको भवन र तरहरा प्रहरी चौकीको संरचनाभन्दा फराकिलो तथा व्यवस्थित रहेको प्रहरीले जनाएको छ।
कार्यालयमा १५० जनासम्म थुनुवा राख्न सकिने क्षमता भएको नयाँ हिरासत कक्षसहित सबै शाखाका लागि प्रत्येक विभागअनुसार छुट्टाछुट्टै कोठा निर्माण गरिएको डीएसपी सुवास हमालले जानकारी दिए।
उनका अनुसार कार्यालयको औपचारिक उद्घाटन केही दिनभित्र गर्ने तयारी भइरहेको छ। भदौ २४ गते जेनजी आन्दोलनमा भवन ध्वस्त भएपछि तरहरा प्रहरी चौकीबाट अस्थायी रूपमा सेवा प्रदान गरिदैँ आएको थियो।
यसअघि इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाको संयोजकत्वमा सहयोग समितिको कार्यप्रारम्भ सुरु गरिएको थियो।
यसैगरी ८ नं. का वडाध्यक्ष रोहित चौधरी, १० नं. वडाका वडाध्यक्ष अवधेश कुमार चौधरी, अनुरोध थापा, नागरिक समाजका पूर्व अध्यक्ष सन्त डुम्जन सदस्य रहेका थिए।
यो पनि – इटहरी रंगशाला पछाडि इलाका प्रहरी कार्यालय स्थानान्तरण हुँदै












Discussion about this post