इटहरी : इलाका प्रहरी कार्यालयलाई अस्थायी रूपमा इटहरी रंगशाला पछाडिको क्षेत्रमा बस्ने व्यवस्था मिलाउने कार्य सुरु भएको छ।
केही दिनमै सोही स्थानबाट सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। कार्यालय स्थानान्तरणसँगै सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
नगरवासीलाई सुरक्षा र सुविधा प्रदान गर्ने कार्य नै पहिलो कर्तव्य भएको भन्दै प्रहरीले नयाँ स्थानबाट पनि पूर्ववत् रूपमा जनताको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए। उ
नका अनुसार इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाको संयोजकत्वमा सहयोग समितिको कार्यप्रारम्भ सुरु गरिएको छ।
यसैगरी ८ नं. का वडाध्यक्ष रोहित चौधरी, १० नं. वडाका वडाध्यक्ष अवधेश कुमार चौधरी, अनुरोध थापा, नागरिक समाजका पूर्व अध्यक्ष सन्त डुम्जन सदस्य रहेका छन्।
यस्तै, इटहरी उपमहानगरका अधिकृत डम्बरबहादुर कार्की सदस्यसचिव रहेका छन्।
इटहरीमा जेन-जी आन्दोलनको समयमा उपमहानगरपालिका, इलाका प्रहरी कार्यालयसहित दर्जन बढी सरकारी कार्यालयमा आगजनी गरिएको छ। हाल इटहरी प्रहरी तरहरा प्रहरी चौकीबाट सेवा प्रदान गर्दै आएको छ।















Discussion about this post