Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
in विविध, समाचार
0
तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग
67
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका–९ स्थित कालिका आधारभूत विद्यालयलाई सेनेहाङ परिवार र युकेमा रहेका पूर्व–लाहुरेहरूको समूहले संयुक्त रूपमा करिब दुई लाख रुपैयाँ बराबरको शैक्षिक, खेलकुद तथा अतिरिक्त सामग्री सहयोग गरेको छ।

विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा खड्कबहादुर–दौमन्त कुमारी सेनेहाङ स्मृति प्रतिष्ठानले १ सय ६ जना विद्यार्थीलाई करिब ६० हजार रुपैयाँ बराबरका शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो।

साथै, विद्यालयमा पुस्तकालय स्थापना गर्न ५० हजार रुपैयाँ नगद सहयोग गरिएको प्रतिष्ठानकी सदस्य कमला सेनेहाङले जानकारी दिइन्।

प्रतिष्ठानले यसअघि विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो।

परिवारका सदस्यहरूले करिब १० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको र त्यसबाट प्राप्त ब्याजमार्फत हरेक वर्ष सामाजिक तथा शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाइएको छ।

कार्यक्रमको अध्यक्षता स्व. खड्गबहादुर र स्व. दौमन्त सेनेहाङका माइलो छोरा सष्टिका सेनेहाङले गरेका थिए भने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङ प्रमुख अतिथि रहेका थिए।

नगर प्रमुख माबुहाङले शैक्षिक विकासमा समुदाय, विद्यालय र दातृ संस्थाबीचको सहकार्य आवश्यक रहेको भन्दै भूतपूर्व लाहुरेहरूको देशप्रेम, त्याग र सहयोग भावना नै ग्रामीण क्षेत्रमा यस्ता प्रेरणादायी कार्यक्रम सम्भव बनाउने आधार रहेको बताए ।

विद्यालयका प्रध्यानाध्यापक डिल्ली रेग्मीका अनुसार प्राप्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, सह–पाठ्यक्रम क्रियाकलाप विस्तार तथा विद्यार्थीहरूको प्रतिभा विकासमा महत्वपूर्ण मद्दत पुगेको छ।

सोही कार्यक्रममा युकेबाट आएका पूर्व–लाहुरे तथा प्रवासी नेपालीहरूको समूह (‘लिजेण्ड ईस्टर्न नेपाल इन्जिनियरिङ पल्टन’) ले विद्यालयलाई करिब ९० हजार रुपैयाँ बराबरको साउण्ड सिस्टम, नृत्यका सामग्री तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेको टोली संयोजक खड्कहाङ लिम्बूले बताए।

उक्त सहयोगी टोलीमा कमला सेनेहाङ, खड्कहाङ लिम्बू, हिमाल प्रधान, लक्ष्मी प्रधान, दीपक हमाल, मञ्जु हमाल, आनन्द पुन, डा. सुमिन्द्रा पुन, गुण गुरुङ, बेनु गुरुङ, भोज गुरुङ, गिता गुरुङसहित सहभागी थिए।

विद्यालयले दाताहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ।

Tags: #तेह्रथुम#सहयोगविद्यालयशैक्षिक सामग्री
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की
समाचार

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका (तीज) पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

भदौ २९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    827 shares
    Share 331 Tweet 207
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    739 shares
    Share 296 Tweet 185
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    296 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.