इटहरी २० तरहरामा १० जना कोरोना संक्रमित निको भएका छन् ।
आज थपिएका दुईजना सहित तरहरामा जम्मा कोरोना संक्रमितको संख्या १४ रहेको थियो । जसमध्ये १० जना निको भएको र अब बाँकी ४ जना सक्रिय संक्रमित रहेको वडाध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए ।
उनले टाकुरासँग भने, ‘१० जना संक्रमित निको भईसकेका छन्, बाँकी ४ जना सक्रिय संक्रमित रहेका छन् ।’
उनका अनुसार तरहरामा बाँकी रहेका ४ जना मध्ये दुईजना भने एकै घरका श्रीमान श्रीमती रहेका छन् ।
श्रेष्ठका अनुसार केही दिन अगाडि इटहरी २० नं. वडाकी एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई संक्रमण पुष्टि भएपछि कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।
आज देखिएका दुईजना मध्ये एकजना भारतीय आर्मी रहेको बुझिएको छ ।
उनी केही दिन अगाडि भारतबाट आएर होटल क्वारेन्टिनमा बस्दै आएका थिए । त्यस्तै, आजै देखिएकी अर्की संक्रमित भने होम्स लाईनकी एक महिला रहेकी छन् ।














Discussion about this post