झापाको कनकाई नगरपालिका ९ मा रहेको बिरिङ खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका ९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द शाह रहेका छन् ।
आज दिउँसो भैँसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो ।
स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादैँ गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post