इटहरीमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरीमा आज विहान १२ जनामा कोरोना देखिएको थियो ।
आज साँझ थप १० जनामा कोरोना देखिएको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
थपिएका १० जनामध्य इटहरी वडा नं १ का १ जना, २३ बर्षीय पुरुष, वडा नं ३ मा १ जना, २६ बर्षीय पुरुष, इटहरी ४ का १ जना २९ बर्षीय पुरुष, इटहरी ५ मा २ जना, ५६ बर्षीया महिला र ६५ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी ९ का ३ जना, २१, ५५ बर्षीया महिला र ५९ बर्षीय पुरुष र इटहरी २० का १ जना, ३७ बर्षीय पुरुष रहेका छन् ।
यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।














Discussion about this post