इटहरी : धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सडकको किनारमा पार्क गरी राखिएको प्र १–०२–००१ ख ८७५७ ट्रकलाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलले दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी ४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (शुक्रवार) बिहानको राति २ः४० बजेतिर मृत्यु भएको हो ।
घटनामा मोटरसाइकल पछाडि सवार इटहरी ५ का ३२ वर्षीय अमित राई घाइते भएका छन् । उनको बीपी प्रतिष्ठानमै उपचार जारी रहेको छ ।
ट्रक चालक तेह्रथुमको फेदाप २ का २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post