इटहरी : झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३० वर्षीय देवराज खड्का र ३२ वर्षीया सुस्मिता राईलाई ब्राउनसुगर ३ ग्राम ३१० मिलिग्रामसहित पक्राउ गरेको छ ।
यसैगरी अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थानका २३ वर्षीय साबिर मियालाई ब्राउनसुगर एक सय मिलिग्राम र बेलबारी नगरपालिका ११ बस्ने ३२ वर्षीय निशान मगरलाई ब्राउनसुगर ३२० मिलिग्रामसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post