धरान : इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका १३ स्थित साबिर ग्यारेजबाट एक सय ४९ किलोग्राम लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसारपसारमा प्रयोग भएको मे १ ज २०१८ नम्बरको बोलेरो बरामद गरेसँगै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका ४ का ईन्द्र लिम्बू, जिपसन लिम्बू र ग्यारेज सञ्चालक भारतका साबिर आलम रहेका छन् ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका २ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।
लागूऔषध गाँजासहित पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post