Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट, २० प्रतिशतको समयअगावै मृत्यु

प्राथमिक तहमा नसर्ने रोग व्यवस्थापन पुस्तिका अद्यावधिक गर्न कार्यशाला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २३, २०८२
in समाचार
0
नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट, २० प्रतिशतको समयअगावै मृत्यु
69
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिक तहका स्वास्थ्यकर्मीका लागि तयार गरिएको नसर्ने रोग व्यवस्थापनसम्बन्धी पुस्तिका तथा सामग्री अद्यावधिक गर्न परामर्श कार्यशाला सम्पन्न गरेको छ।

प्राथमिक तहमै नसर्ने रोग व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले केएचडीसी कार्यक्रमले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जेनेभा युनिभर्सिटी हस्पिटल र केएचडीसीको सहकार्यमा एकदिने गोष्ठी आयोजना गरेको हो।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यशालामा मन्त्रालयका प्रतिनिधि, प्रदेश सरकार, स्थानीय तह तथा विषय विज्ञहरूको सहभागिता रहेको थियो।

कार्यशालाका क्रममा विशेषज्ञहरूले तयार गरिएको पुस्तिका तथा तालिम सामग्रीमा परिमार्जनका लागि सुझाव राखे।

गोष्ठीका प्रमुख निष्कर्षअनुसार नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको र तीमध्ये लगभग २० प्रतिशतको मृत्यु अल्पायुमा हुने तथ्य प्रस्तुत गरिएको थियो।

स्वास्थ्यकर्मीका लागि विकसित सामाग्री इस्केमिक मुटु रोग, मुटुको विफलता तथा दीर्घकालीन मृगौला रोग व्यवस्थापनमा केन्द्रित छन्। संकलित सुझावका आधारमा सामग्रीलाई थप व्यवहारिक र प्रयोगमुखी बनाइने केएचडीसीले जनाएको छ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. संजीवकुमार शर्माले नसर्ने रोगहरू लक्षणरहित रूपमा विकसित हुने र एक्कासि जटिलता बढाउने भएकाले प्राथमिक तहमै शीघ्र पहिचान र नियमित व्यवस्थापन आवश्यक रहेको बताए।

उनले स्थानीय तहलाई जिम्मेवारीसहितको कार्यक्रम रूपरेखा आवश्यक पर्ने धारणा पनि राखे।

केएचडीसी कार्यक्रम सन् २००३ देखि पूर्वी नेपालमा समुदाय–केन्द्रित रूपमा दीर्घ मृगौला रोग, रक्तचाप, मधुमेह र मुटु–सम्बन्धी समस्या पहिचान तथा व्यवस्थापन गर्दै आएको छ।

हाल सन् २०२३ देखि २०२७ सम्म कार्यक्रम फुङलिङ, मेचनगर र दमक नगरपालिकामा सञ्चालन भइरहेको छ। अघिल्लो आर्थिक वर्षमा मात्र १४ हजार १४६ जना उच्च जोखिममा रहेका व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानका अनुसार पुस्तिका परिमार्जन भएपछि प्राथमिक तहका स्वास्थ्यकर्मीलाई उपलब्ध गराइनेछ, जसले समुदायमा लुकेका नसर्ने रोगी पहिचान, जटिलता न्यूनीकरण र अकाल मृत्यु रोकथाममा सहयोग गर्ने अपेक्षा गरिएको छ।

Tags: #वीपी प्रतिष्ठानमृत्युवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि
विविध

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

by रासस
असार १३, २०८३
0

भोजपुर : पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत...

अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.