उदयपुर : उदयपुरमा दुईवटा मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक पुरुषको निधन भएको छ ।
चौदण्डीगढी नगरपालिका–४ थुलुङडाँडास्थित भित्री सडकखण्डमा बसाहाबाट बर्खेडाडातर्फ जाँदै गरेको बा ९२ प ०८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्र.१–०५–००२ प ०५८९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा चौदण्डीगढी नगरपालिका–४ थुलुङडाँडाका ५८ वर्षीय भक्तराम राईको निधन भएको प्रहरीले जनाएको छ ।
बा ९२ प ०८९७ नम्बरको मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–४ बसाहाका २६ वर्षीय यमन मगरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post