गएको २४ घण्टामा प्रदेश १ मा १२१ जना कोरोना संक्रमित थपिएका छन् ।
सङ्क्रमित मध्ये मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ भन्दा बाहिरका २ जनामा कोरोना पोजेटिभ सामाजिक विकास मन्त्रालय जनाएको छ ।
त्यसैगरि विराटनगरमा शुक्रबार थप ३२ जनामा संक्रमण देखिएको छ । विराटनगरका १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार धनपालथानमा १ महिला र ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष, सुनवर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला र २० पुरुष, दुहवीमा ७ महिला र १ पुरुष, इटहरीमा १ महिला र ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
यसैगरि झापाको दमकमा ६ महिला र ३ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, कन्काईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला र १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ भन्दा बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएो छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेको कुल संख्या ४ हजार ६१९ पुगेको छ ।














Discussion about this post