विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका एक चिकित्सकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३४ वर्षीय चिकित्सक अमित यादव रहेका छन् ।
उनको आइतबार बिहान अस्पतालको पाँचौं तलाबाट खसेर मृत्यु भएको हो । बिहान करिब ६ः३० बजे अस्पतालको भवनबाट खसेका यादवको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको राजविराज नगरपालिका जगदरी निवासी यादव एमबीबीएस अध्ययन पूरा गरेपछि केही महिनायता नोबेल मेडिकल कलेजमा इन्टर्न गर्दै आएका थिए ।
उनी किन र कसरी पाँचौं तलाबाट खसे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post