इटहरी : दोस्रो तरहरा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा आयोजकलाई हराउँदै खारखोला फुटबल क्लब वराहक्षेत्र विजयी भएको छ ।
आयोजक योङ ब्वाइज फुटबल क्लबलाई १–० गोल गदै खारखोला सेमिफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो हाफको अन्तिममा समयमा खारखोलाका आकाश राईले निर्णायक गोल गरेका थिए ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
गोल्डकप १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता तरहराको बहुभाषी खेलमैदानमा भइरहेको छ ।
स्थानीय तथा बाहिरका विभिन्न टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले फुटबल प्रेमीहरूलाई उत्कृष्ट खेलको प्रदर्शन गराउने आयोजकले विश्वास व्यक्त गरेको छ ।













Discussion about this post