धरान : धरान उपमहानगरपालिका–८ धनकुटे रोडस्थित अभियान राईको घरमा लागूऔषध लुकाई राखिएको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार अस्थायी प्रहरी चौकी वरगाछीबाट खटिएको टोलीले अभियान राईको घरमा खानतलासी गर्दा जिल्ला पाँचथर, हिलिहाङ गाउँपालिका–७ घर भई हाल धरानमा बस्दै आएका ३२ वर्षीय विशाल योक्पाङदेनको साथबाट प्लास्टिकमा पोका पारिएको ब्राउनसुगर ५.८१ ग्राम फेला परेको छ।
त्यसैगरी सोही कोठामा बस्ने १८ वर्षीय इमन लिम्बुको साथबाट चुइगमको खोलमा लुकाई राखिएको ब्राउनसुगर ०.२७ ग्राम फेला परेको छ। दुवैजनाको साथबाट कुल ६.०७ ग्राम लागूऔषध बरामद भएको छ।
उनीहरुको साथबाट प्रहरीले खुकुरी एक थान, डिजिटल तराजु एक थान, आइफोन दुई थान, एनड्रोइड फोन तीन थान, नेपाली रुपैयाँ १९ हजार ६०५ र भारतीय रुपैयाँ एक हजार ५० रुपैयाँ बरामद गरेको छ ।
साथै, को १६ प ५०१० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post