इटहरी : कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहतथा जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त प्रहरी टोलीले धनकुटा चौबिसे गाउँपालिका-३ घर भएका ६१ वर्षीय मेघबहादुर तामाङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा धनकुटा जिल्ला अदालतको मिति २०६६ साल जेठ २३ गतेको फैसलाअनुसार १० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा मोरङको केराबारी गाउँपालिका-६ मा लुकिछिपी बसिरहेको अवस्थामा आइतवार (पुस १३ गते) पक्राउ गरिएको हो।
पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि धनकुटा कारागार पठाइएको प्रहरीले जनाएको छ।













Discussion about this post