मोरङ : १०१ ग्राम लागूऔषध ब्राउनसुगरसहित एक जनालाई विराटनगर महानगरपालिका ११ बसपार्क स्थितबाट प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विराटनगर र लागूऔषध नियन्त्रण ब्यूरोबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १० का ३० वर्षीय पप्पु रामलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १ सय १ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेसँगै नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय बुधनगरले जहदा गाँउपालिका १ कुलरिया स्थित परालको कुन्युमा बेवारिसे अवस्थामा राखेको ६० किलोग्राम लागूऔषध गाँजा बरामद गरी नियन्त्रणमा लिएको छ ।













Discussion about this post