मोरङ : कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–५ का डिगबहादुर राईलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ।
मोरङ जिल्ला अदालतले २०७३ साल चैत २७ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै राईलाई २० वर्ष कैद सजाय सुनाएको थियो।
फैसला पश्चात् फरार रहेका राईलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले हिजो पक्राउ गरेको हो।
पक्राउ परेका राईलाई अदालतको फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्।














Discussion about this post