मोरङ : मोरङको बेलबारी नगरपालिका–११, लक्ष्मीमार्ग चोकमा इभी गाडीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ७०७६ नम्बरको इभी गाडीले ठक्कर दिँदा बेलबारी नगरपालिका–११ बस्ने करिब ५५ वर्षीय सुक बहादुर धिमालको मृत्यु भएको हो ।
घटनामा संलग्न चालक इटहरी उपमहानगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त पुरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post