उदयपुर : उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका-७ होक्सेमा पर्ने मदनभण्डारी लोकमार्गमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
चुहाडेतर्फ आउँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार त्रियुगा नगरपालिका-६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही वडाको मोहनपुर बस्ने २६ वर्षीया आशा सदाको मृत्यु भएको हो ।
दुर्घटनामा त्रियुगा-६ मोहनपुरकी ४० वर्षीय समिद्रा सदा र सोही वडाको जलजले बस्ने ४५ वर्षीय शम्भु सदा घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post