इटहरी : इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका प्रध्यापक राजन भट्टराईले सोही क्याम्पसमा अध्यापन गराउँदै आएकी कृष्णकला राईलाई फोनमा यौन दुव्र्यवहारको घटना सुनाएको र यौनजन्य गतिविधिमा संलग्न हुन खोजेको भन्दै भट्टराईलाई निलम्बन गरिएको छ ।
२८ श्रावणमा भट्टराईले राईलाई मदिरा सेवन गरी रातको दश बजे फोन सम्पर्क गरी यौन क्रियाकलापको घटना सुनाएका थिए । तीन मिनेट लामो अडियोमा भट्टराईले राईमाथि यौनजन्य गतिविधि गर्न खोजेको बुझिन्थ्यो ।
जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले पीडक भनिएका भट्टराईलाई दुई महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
‘दुई महिनाका लागि उनको सेवा सुविधा पनि नपाउने गरी उक्त निर्णय गरिएको हो,’ क्याम्पस सञ्चालक समितिका एकजनाले टाकुरासँग भने, ‘हामीले को पीडित को पीडक भनेर कारबाही गर्ने र न्याय दिलाउने काम गर्ने होईन, तर सत्य के हो त्यो बिषयमा बोल्नुपर्छ ।’
उनले आँफूहरुले भट्टराईलाई कारबाही स्वरुप दुई महिना क्याम्पसबाट निलम्बन गर्ने निर्णय भएको बताए ।
यसअघि घटना बाहिरिएपछि विभिन्न विद्यार्थी संगठनहरुले पीडकलाई कारबाही हुनुपर्ने माग गर्दै आएका थिए ।
यो पनि – इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)
यो अडियो सुन्नुहोस्














Discussion about this post