इटहरी : इटहरीको एक क्याम्पसमा अध्यापन गराउने प्रध्यापकले दुव्र्यवहार गरेका छन् ।
इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा प्रध्यापन गर्ने राजन भट्टराईले सोही क्याम्पसमा अध्यापन गराउने कृष्णकला राईलाई दुव्र्यवहार गरेका हुन् ।
बुधबार रातको दश बजे राईलाई फोन सम्पर्क गरेर यौन क्रियाकलापसम्बन्धी अश्लील शब्द प्रयोग गरी उनीमाथि दुव्र्यवहार गरेका हुन् । ३ मिनेट २५ सेकेन्डको अडियोमा भट्टराईले यौन दुव्र्यवहार गर्न खोजेको देखिन्छ ।
बिहीबार टाकुरासँग पीडित राईले भनिन्, ‘कानूनी प्रक्रियामा जाने तयारीमा छु, मेरो मानप्रतिष्ठामा आँच आउँने गरी प्रध्यापक जस्तो मानिसले त्यसो गर्न मिल्छ ? म प्रहरीमा गएर उजुरी गर्न जान लागेकी छु ।’
राईले आफ्नो श्रीमान र छोरी पनि नजिकै रहेको र उनीहरुले पनि रातको समयमा फोन गरेर दुव्र्यवहार गर्ने मानिसलाई कारबाही गर्न माग गरेको उनले बताईन् ।
‘मैले त क्याम्पसको कामले पो राती फोन आएको हो कि भनेर रिसिभ गरेकी हुँ,’ उनले भनिन्, ‘मदिरा सेवन गरेर यौन क्रियाकलापसम्बन्धी अश्लील शब्द प्रयोग गर्न मिल्छ ?’
उनका अनुसार भट्टराई जनता बहुमुखी क्याम्पसमा बजारशास्त्र बिभागको प्रमुख समेत रहेका छन् । यसभन्दा अगाडि पनि एकपटक मदिरा सेवन गरेर भट्टराईले राती कल गरेका थिए । तर, त्यतिबेला आँफूले सामान्य रुपमा लिएको भएपनि अहिले मदिरा सेवन गरेर आँफूमाथि गरिएको दुव्र्यवहार असह्य भएको राईले गुनासो गरिन् ।
अडियोमा भट्टराईले भनेका छन् – ‘आँपगाछीमा एकजना छोरी मान्छेले छोरा मान्छेलाई बियर खान बोलायो, कोही छोरा मान्छे गयो । उसको बुढो पनि थियो त्यतिबेला, तर बुढो राती माछा मार्न गयो । उसकोमा बियर खान आएको मान्छे छ नि त्यसले बुढीलाई………’
फोन सम्पर्कमा गरिएको कुराकानीले भट्टराईले यौन सम्पर्क राख्नकै लागि सो शब्द प्रयोग गरेको जस्तो देखिन्छ । मदिराले लट्ठ भएका भट्टराईले आँफूलाई नै कन्ट्रोलमा राख्न नसकेको अडियोमा सुनिन्थ्यो ।
‘अनि यो समाचार हो कि के हो दाई ?’
‘अँ सुन न ? तैँले कुरै बुझिनस् फेरी ।’
‘यो समाचार हो कि के हो ?’ पुनः राईले प्रश्न गर्छिन् । तर, फेरी राईले उही वाक्य दोहोर्याउँछन् ।
‘तँ बुझ्ने मानिस भएर पो भनेको ….. घटना सुनाएर पो…..’
३ मिनेट लामो अडियोले प्रष्ट बुझिन्थ्यो भट्टराईले मदिरा सेवन गरेर राईमाथि यौन दुव्र्यवहार गर्न खोजेको । आँफूलाई दुव्र्यवहार भएपछि कानूनी कारबाहीको प्रक्रियामा जाने पीडित राईले बताईन् । यस बिषयमा राजन भट्टराईलाई टाकुराले सम्पर्क गर्दा उनको फोन उठेन ।
अडियो सुन्नुहोस् ।
Discussion about this post