विराटनगर : विराटनगर महानगरपालिका १५ स्थितबाट लागूऔषध गाँजा बेचबिखनमा संलग्न आमा छोरासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतकी कविता यादवले सञ्चालन गर्दै आएको होटलबाट ७ किलो १८० ग्राम लागूऔषध गाँजा फेला पारी नियन्त्रणमा लिएको हो ।
यससँगै उनको छोरा मुन्ना कुमार यादव र बेचबिखनमा संलग्न मोरङको जहदा १का मंजित कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post