भेडेटार धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटार स्थितबाट ४५९ किलो ९६५ ग्राम लागूऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतवार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका ६ भेडेटार नजिक सडक किनारबाट नियन्त्रणमा लिएको हो ।
शंकास्पद अवस्थामा रहेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँचको क्रममा एम्वुलेन्सभित्र प्लास्टिकको पोकामा ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सबाटै गाँजा तस्करी भएपछि ओसारपसारमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post