इटहरी : तराई क्षेत्रमा जाडोयाममा अत्यधिक हुस्सु लाग्ने अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशको सहकार्यमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।
कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा सञ्चालन गरिएको अभियानका क्रममा विभिन्न सवारी साधनहरूमा रिफ्लेक्टर स्टिकर टाँस गरिएको हो। हुस्सुका बेला सवारी साधन टाढाबाटै देखिने बनाउने उद्देश्यले रिफ्लेक्टर स्टिकर प्रयोग गरिएको प्रहरीले जनाएको छ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले हुस्सु लागेको समयमा सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी, सुरक्षित गति, बत्तीको प्रयोग तथा ट्राफिक नियम पालना सम्बन्धी प्रशिक्षण दिएका थिए।
सचेतना कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संघ संगठन, यातायात व्यवसायी, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले दुर्घटना न्यूनीकरणमा उक्त अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।












Discussion about this post