इटहरी : भोजपुरका एकजना बिरामीलाई किराँत राई विद्यार्थी संघले सञ्चालन गरेको सहयोग अभियानमा संकलन भएको रकम आईतबार हस्तान्तरण गरिएको छ ।
भोजपुरको रामप्रसादराई गाउँपालिका ४ ओख्रेका पारुहाङ केही समय अगाडिदेखि ओष्टि ओमाइलिटिस अर्थात् गोडाको हड्डी टुक्रिएर झर्ने रोगले पीडित रहेका छन्।
यो रोग जटिल र दुर्बल रोग रहेको पीडितको भनाई रहेको छ ।
पारुहाङ राई बचाउ अभियान सन्चालन गरेर उनलाई आईतबार इटहरीमा एक कार्यक्रमको आयोजना गरी १७ लाख ३२ हजार रुपैँया सहयोग रकम हस्तान्तरण गरिएको किराँत राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले जानकारी दिए ।
प्रकाश र ममताको कोखबाट जन्मिएका १४ बर्षीय पारुहाङको बुवा र आमाले सानैमा छाडेर गएकाले अहिले आफन्तकोमा बस्दै आएका छन् ।

‘हामी सामाजिक न्यायका लागि लड्दै आएका छौँ,’ रामचन्द्रले भने, ‘पारुहाङलाई बचाउँनका लागि १७ लाख ३२ हजार ७ सय २३ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छौँ, आवश्यक परेमा हामी यो अभियानलाई अझै निरन्तरता पनि दिनेछौँ ।’
१७३ भन्दा बढी दाताबाट दुई महिनाको अवधिमा उक्त रकम संकलन गरिएको उनले बताए ।
पीडित बालकको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिएको बताईएको छ ।














Discussion about this post