झापा : झापाको कनकाई नगरपालिकामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्लाको कनकाई नगरपालिका–४ स्थित कोटिहोम माई पुल नजिक पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आएको तत्काल नम्बर नखुलेको सेतो कारले बीएएबी ६१२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका–४ निवासी ३५ वर्षीय कमल पराजुली गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। तर, चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार पराजुलीको टाउकोमा गम्भीर चोट लागेको थियो। मृतकको शव हाल बी एण्ड सी अस्पतालमा राखिएको छ।
दुर्घटनापछि ठक्कर दिने कार फरार रहेको र त्यसको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।














Discussion about this post