Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा ‘तरुल उत्सव’, तीन देशको सहभागिता

रासस by रासस
माघ १, २०८२
in विविध, समाचार
0
झापामा ‘तरुल उत्सव’, तीन देशको सहभागिता
62
SHARES
Share on FacebookShare on Twitter

झापा : नेपाल, भारत र भूटानको सहभागितामा चौथो अन्तरराष्ट्रिय तरुल उत्सव सुरु भएको छ । मेचीनगर–४ को बाहुनडाँगी बजारमा बुधबारदेखि उत्सव सुरु भएको हो ।

यहाँ कोशी प्रदेश सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री चिन्तन पाठकले तरुलबाट बनेको केक काटेर उत्सवको उद्घाटन गरे ।

त्यस अवसरमा उनले कृषि, पर्यटन र ऊर्जा नेपालको समृद्धिको आधार भएको बताउँदै बाहुनडाँगीबासीले बर्सेनि छिमेकी देशको समेत सहभागितामा तरुल उत्सवको आयोजना गरेर रैथाने खानेकुराको प्रवद्र्धन र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याइरहेको बताए ।

नेपाल, भारत र भूटानका दुई दर्जनभन्दा बढी स्टल रहेको उत्सवमा दार्जिलिङबाट डेजी बराइली, नेपाली गायकहरू टिका भण्डारी र कमलिकान्त भेटुवालले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए ।

आयोजक तरुल उत्सव समितिका संयोजक तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले १९९० सालदेखि बाहुनडाँगीमा हाटबजार लाग्दै आएको चर्चा गर्दै जङ्गली हात्तीको त्राससँग बाहुनडाँगीले जुधिरहेको बताए ।

रैथाने खानेकुरालाई बिर्सिएर आखाद्य र मिसावटयुक्त खानेकुरामा लोभिँदा मानिसको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको सन्दर्भमा मानिसले जङ्गली युगमै तरुल खाने बानी बसाएको उनको भनाइ थियो ।

विश्वमा ६०० प्रजातिका तरुल पाइने भए पनि नेपालमा वन तरुल, सिमल तरुल, भ्याकुर, वन तरुल, घर तरुल, सखरखण्ड (सुठुनी), इस्कुस तरुल, पताले तरुललगायत १३ प्रजातिको तरुल खाने प्रचलन रहेको प्राध्यापक हेमराज कार्की बताउँछन् ।

भूटानबाट आएका एग्रिगेटर नेटवर्क अफ छुक्काका अध्यक्ष छिरिङ दोर्जीले तरुल उत्सवमा बिक्रीका लागि भूटानमा उत्पादित अग्र्यानिक थुक्पा, अचार, रातो चामललगायत खाद्य सामग्री स्टलमा राखिएको बताए ।

भारतको सिक्किम, दार्जिलिङ, सिलिगुरी, कोलकातालगायत क्षेत्रबाट रैथाने खानेकुराको स्टल उत्सवमा राखिएका छन् ।

कार्यक्रममा इलाम नगरपालिका–६ पिपलबोटेका अदीक्षित खत्रीले फलाउनु भएको एक किलो ७०० ग्राम तौलको एउटै इस्कुस उत्सवमा प्रदर्शन गरिएको छ ।

कार्यक्रममा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, दार्जिलिङका पर्यटन अभियन्ता शिशिर प्रधान, कार्गिल युद्धको सहिद परिवारका सदस्य नेत्र थापा लगायतले मन्तव्य व्यक्त गर्दै उत्सवले तीनवटा मुलुकको पर्यटन अभियानलाई जनस्तरमा जोड्ने पुलको कार्य गरेको बताए ।

चार वर्षअघि बाहुनडाँगीमा ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरिएको तरुल उत्सवले तेस्रो वर्ष पूरा गरेर चौथो चरणमा प्रवेश गरेको छ ।

बिहीबार माघे सङ्क्रान्तिसम्म सञ्चालन हुने उत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Tags: #झापा#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

by सुमन रेग्मी
भदौ २३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    284 shares
    Share 114 Tweet 71
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.